फिल्म ‘दुई कदम’ले सेन्सरबाट पायो पीजी सर्टिफिकेट, १६ वर्षमुनिका दर्शकसँग अभिभावक अनिवार्य

फिल्म ‘दुई कदम’ले सेन्सरबाट पायो पीजी सर्टिफिकेट, १६ वर्षमुनिका दर्शकसँग अभिभावक अनिवार्य

काठमाडौँ : फिल्म ‘दुई कदम’ले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकसाथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट दिएको हो।

उदय सुब्बाले निर्देशन गरेको फिल्म यही शुक्रबार रिलिज हुँदैछ। फिल्ममा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूले लगानी गरेकी छिन्। दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको सङ्गीत, र राजु किराँतीको द्वन्द्व निर्देशन रहेको छ।

फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन्।

मंसिर २६, २०८० मंगलबार २१:००:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।