मानवअधिकार चलचित्र महोत्सवमा उत्कृष्ट भयो ‘नो विन्टर होलिडेज’
काठमाडौँ : राजन कठेत र सुनीर पाण्डेद्वारा निर्देशित ‘नो विन्टर होलिडेज फ्रम नेपाल’ ११ औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२३ मा उत्कृष्ट फिचर डकुमेन्ट्री बनेको छ।
एउटै पुरुषसँग विवाह भएर श्रीमानको मृत्यु भएपछिका दुई एकल वृद्ध महिलाको कथा रहेको वृत्तचित्रलाई महोत्सवको निर्णायक समितिले उत्कृष्ट घोषित गरेको हो।
मंगलबार सम्पन्न महोत्सवमा उत्कृष्ट कथानकमा सर्ट फिल्मतर्फ फ्रान्सको जवाहिन जेनिटरको ‘अन माइ फादर्स ग्रेभ,’ आकांक्षा कार्कीको ‘सनै,’ महिला सिनकर्मीमा शुभांगी खड्काको ‘एज अफ लर्निङ’ उत्कृष्ट भएका छन्। यस पटकको महोत्सवमा २६ देशका ५४ वटा फिल्म राखिएको थियो।
मंसिर २६, २०८० मंगलबार १९:५४:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।