काठमाडौँको नारायणचौरमा फेमिना फ्ल्न्ट स्टुडियो, मिस भारत नन्दीतिले गरिन् उद्घाटन
काठमाडौँ : नारायणचौर नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ। मिस भारत २०२३ नन्दिनी गुप्ताले स्टुडियोको उद्घाटन गरेकी थिइन्।
भारतमा फेमिना फेसन, जीवनशैली र सौन्दर्यका म्यागजिनको रुपमा परिचित छ। सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वर्ल्ड २०२३ पनि हुन्।
काठमाडौँको जे एन्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्रान्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स इन्डिया ग्रुपसँगको सहकार्यमा फेमिना फ्ल्न्ट स्टुडियो खुलेको हो।
उपभोक्ताहरू स्वास्थ्य र गुणस्तरमा चनाखो हुन थालेकोले फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको प्रबन्ध निर्देशक कुसुमाञ्जलि केसी श्रेष्ठले बताइन्। श्रेष्ठका अनुसार यो स्टुडियो सौन्दर्य प्रशाधनका क्षेत्रमा एकेडेमीको रूपमा रहनेछ।
मंसिर २६, २०८० मंगलबार १९:४४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।