पत्रिका दर्ता गर्न बुझाएको शैक्षिक प्रमाण पत्र नक्कली, पक्राउ परे ख्रिष्टियन महासंघका अध्यक्ष

पत्रिका दर्ता गर्न बुझाएको शैक्षिक प्रमाण पत्र नक्कली, पक्राउ परे ख्रिष्टियन महासंघका अध्यक्ष

काठमाडौँ : पत्रिका दर्ताका लागि पेस गरेको शैक्षिक प्रमाण पत्र लगायतका कागजपत्र नक्कली भएको आरोपमा राष्ट्रिय ख्रिष्टियन महासङ्घ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ परेका छन्।

उनले ‘महान् अभियान’ नामको पत्रिका दर्ता गर्न सूचना विभागमा पेस गरेको प्रमाण पत्र नक्कली रहेको आशंकामा जिल्ला प्रहरी परिसर काठमाडौँले छानबिन सुरु गरेको थियो।

छानबिनमा स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका कागजात किर्ते भएको खुलेपछि मुद्दा प्रक्रियाको लागी मंगलबार प्रहरीले उनलाई पक्राउ गरेको हो।

गहतराजले पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र  सूचना विभागमा पेस गरेका थिए। तर त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा त्यसको तथ्याङ्क फेला परेन। उनले स्नातकको प्रमाण पत्र नै नक्कली पेस गरेको खुलेपछि मंगलबार उनी पक्राउ परे।

मंसिर २६, २०८० मंगलबार १९:३६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।