हिमालयन रि को प्रिमियम आइपिओ रोक्न अन्तरिम आदेश आएन

हिमालयन रि को प्रिमियम आइपिओ रोक्न अन्तरिम आदेश आएन

काठमाडौँ : हिमालयन रि-इन्स्योरेन्स कम्पनीको प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने तयारीविरुद्ध परेको रिटमा अन्तरिम आदेश आएन।

कम्पनीले प्रिमियम मूल्यमा आइपिओ जारी गर्ने तयारीसँगै उच्च अदालत पाटनले रिट परेको थियो।  मंगलबार न्यायाधीशहरू जनक पाण्डे र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले मंगलबार अन्तरिम आदेश दिन मानेन।

हरिबहादुर केसीले मंसिर २२ मा हिमालयन रि-इन्स्योरेन्सलाई प्रिमियम मूल्यमा आइपिओ जारी गर्न रोक्न माग गर्दै अन्तरिम आदेश माग्दै रिट दायर गरेका थिए। रिटमा नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड र हिमालय रि–इन्स्योरेन्सलाई विपक्षी बनाइएको थियो।

मंसिर २६, २०८० मंगलबार १८:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।