राजस्थानको मुख्यमन्त्रीमा भजनलाल

राजस्थानको मुख्यमन्त्रीमा भजनलाल

काठमाडौं : भारतीय जनता पार्टी (बीजेपी)ले अर्को भजनलाल शर्मालाई राजस्थानको मुख्यमन्त्री चुनेको छ।

राजस्थानको १९९ सिटमध्ये बीजेपीले ११५ जितेको छ। चुनाव जितेपछि बसुन्धरा राजे सिंधिया सहितका नेताहरु मुख्यमन्त्रीको दाबेदार थिए। तर सबै आकांक्षीलाई उछिन्दै पहिलो पटक विधायक चुनिएका शर्मा मुख्यमन्त्री बन्ने भएका हुन्।

राजनाथ सिंहको उपस्थितिमा बसेको बीजेपी विधायकहरुको बैठकमा पूर्व मुख्यमन्त्री बसुन्धरा राजेले शर्माको नाम प्रस्ताव गरेका थिए, जसलाई हलले अनुमोदन गरेको छ।

सिंहले भने, ‘म आश्वस्त छु कि भजनलाल शर्माको नेतृत्वमा राजस्थान तीव्र गतिमा विकासको पथमा अगाडि बढ्ने छ।’

अप्रत्याशित रूपमा मुख्यमन्त्री चुनिएका भजनलाल भाजपाको राजस्थान समितिको चार कार्यकाल महासचिव भइसकेका व्यक्ति हुन्।

मंसिर २६, २०८० मंगलबार १७:५१:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।