आजपाले आन्दोलन गर्ने

आजपाले आन्दोलन गर्ने

काठमाडौं : प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आन्दोलनको घोषणा गरेको छ।

आजपाको नेतृत्व एवं बैंक तथा वित्तीय संस्था पीडित संघर्ष समितिको आयोजनामा मधेसमा संघर्षको कार्यक्रम घोषणा गरिएको केन्द्रीय अध्यक्ष प्रभु साहले जानकारी दिए।

बैंकहरुले मनोमानी ढंगले लिएको ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट गरिब किसानले लिइएको कर्जा माफी तथा आम जनतालाई सहज कर्जाको व्यवस्था गर्ने जस्ता लगायतका मागहरूको सम्बोधन गर्न दबाब दिने उद्देश्यले आन्दोलनको घोषणा गरिएको सो पार्टीका मधेस प्रदेश समितिका अध्यक्ष उमेश कुश्वाहाले जनाए।

जसअनुसार वीरगन्जमा पुस १२ गते प्रदेश स्तरीय भेला हुनेछ भने पुस १३ गतेदेखि पुस मसान्त सम्म स्थानीय तहमा पीडितहरूसँग अन्तरक्रिया तथा संघर्ष समिति गठन गरिनेछ।

यसैगरी माघ १ गतेदेखि माघ ८ गतेसम्म मधेसका प्रत्येक जिल्लामा अन्तरक्रिया तथा संघर्ष समिति गठन हुनेछ भने माघ ९ गते प्रत्येक जिल्लामा मोटर साइकल जुलुस वा मशाल जुलुस प्रदर्शन गरिनेछ।

यस्तै माघ १० गते मधेस बन्दसहितको आन्दोलनको कार्यक्रम तय गरिएको मधेस प्रदेश इन्चार्ज सुधीर साहले जानकारी दिए।

मंसिर २६, २०८० मंगलबार १७:०६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।