बच्चा जन्माउन अमेरिका उड्नु अगाडि ‘राष्ट्रवादी’ नेतृ  रेखाले खिचाएको बेबीबम्प फोटो सार्वजनिक

बच्चा जन्माउन अमेरिका उड्नु अगाडि ‘राष्ट्रवादी’ नेतृ  रेखाले खिचाएको बेबीबम्प फोटो सार्वजनिक

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको ‘राष्ट्रवादी’ नेतृ तथा अभिनेत्री रेखा थापा अहिले पहिलो सन्तान जन्माउन अमेरिकामा छिन्।

जन्मको आधारमा सहजै अमेरिकी नागरिक बन्न पाउने अमेरिकी कानुनी फाइदा लिन उनी चिकित्सकले दिएको प्रसव मितिभन्दा दुई महिना अगाडि अमेरिका उडेकी हुन्।

अमेरिकामा जन्मिने बच्चा कानुनी रूपमा वयस्क नभएसम्म आमा-बुबासँग बस्न पाउँछन्। बच्चा जुन देशमा बसे पनि अमेरिकी सरकारले सो देशको दूतावासबाट मासिक तीन हजार अमेरिकी डलर बढी भत्ता समेत दिन्छ।

वयस्क भएपछि आमा-बाबुको राष्ट्रियता अनुसारको नागरिकता लिने वा अमेरिकी नागरिक बन्ने निर्णय सम्बन्धित व्यक्तिकै हुन्छ। त्यही कानुनी प्रावधानको फाइदा लिन रेखा श्रीमानसँगै अमेरिका पुगिसकेकी छिन्। उनी अमेरिका जानु अगाडि गर्भावस्थाको तस्बिर खिचाएकी थिइन्।

उनले मंगलबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुरज धामीले खिचेको तस्बिरहरू सार्वजनिक गरिन्। गर्भावस्थाको तस्बिरमा प्राय पारदर्शी कपडाको प्रयोग हुने गरेको देखिन्छ। तर उनले गर्भावस्थाको तस्बिर सारी लगाएर खिचेकी छिन्। सेतो सारीमा कालो बुट्टा भएको सारीमा बालकको आकार अङ्कित गरिएको छ।

मंसिर २६, २०८० मंगलबार १७:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।