करेक्सन लाइनमा गयो शेयर बजार, ३६.८६ अंकको बृद्धि

काठमाडौँ : आइतबारको उग्र कारोबारपछि सोमबार केही गिरेको शेयर बजारले मंगलबार पुनः उकालो लागेको छ। मंगलबारको शेयर बजार सकारात्मक सर्किट लगाउने विन्दुमा पुगेन। बजार ३६.८६ अकंले बढ्दा १९८५.४४ विन्दुमा पुगेको कारोबार बन्द भयो।
कारोबार रकम ४ अर्ब माथि पुग्यो। मंगलबार बजारमा ४ अर्ब ३० करोड रूपैयाँ बराबरको १ करोड २४ लाख ६३ हजार कित्ता शेयर कारोबार भयो। मंगलबार कारोबारमा आएका सबै उप-समूहको सूचक सकारात्मक देखियो।
होटल उप-समूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले बढ्यो। फाइनान्स, हाइड्रोपावर र जीवन बीमा उप-समूहको सूचक पनि ३ प्रतिशतभन्दा माथि नै बढेको थियो।
४ कम्पनीको शेयरमूल्य भने १० प्रतिशतले बढ्यो। ७ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी उकालियो। मंगलबार बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया र सोनापुर सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै बढेको थियो।
शिवम् सिमेन्टको शेयरमूल्य सबैभन्दा धेरै १८ करोड रूपैयाँको शेयर कारोबार भएको थियो। सोनापुर मिनिरल्सको १५ करोड १० लाख, रिलायबल नेपाल लाइफको १४ करोड र माउन्टेन इनर्जीको ११ करोड रूपैयाँको शेयर कारोबार भयो।
सिवाइसिएल लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५.११ प्रतिशतले घट्यो। सिंगटी हाइड्रोपावरको ४.७३ प्रतिशत र छिमेक लघुवित्तको शेयरमूल्य ३.८५ प्रतिशतले घटेको थियो।
मंसिर २६, २०८० मंगलबार १६:४३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।