शंकाकै आधारमा गोली हान्दै प्रहरी, बहाना’ प्रहरीमाथि आक्रमण’

शंकाकै आधारमा गोली हान्दै प्रहरी, बहाना’ प्रहरीमाथि आक्रमण’

काठमाडौँ : लागू औषध कारोबारी भएको आशङ्कामा प्रहरीले ललितपुरमा गोली हानेर अविनाश राईलाई नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयको टोलीले ललितपुरको झम्सीखेलमा गोली चलाएको हो।

प्रहरीले पक्राउ गर्न गएको टोलीमाथि नै आक्रमण गरेपछि गोली चलाउनु परेको दाबी गरेको छ। राईको साथबाट प्रहरीले आइस ड्रग्स बरामद भएको दाबी गरेको छ। तर मात्रा खुलाएको छैन। यो पार्टी ड्रग्सको रूपमा परिचित छ।

पछिल्लो समय कार्यालयका प्रहरीले अनुसन्धानकोक्रममा पक्राउ गर्न जाँदा आरोपीमाथि गोली चलाउने गरेको छ।

कात्तिक १५ गते कार्यालयको टोलीले गोठाटारमा भारत पश्चिम बंगालका मोहम्मद करिमलाई गोली हानेर घाइते बनाएको थियो। करिमको साथबाट एउटा पेस्तोल समेत फेला परेको प्रहरीको दाबी थियो। उनको साथबाट दुई सय ग्राम खैरो हेरोइन र  हेरोइन जोख्ने तराजु फेला परेको प्रहरीको दाबी थियो।

मंसिर २६, २०८० मंगलबार १६:२९:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।