यू-१९ एसिया कपमा नेपालले भारतलाई दियो ५३ रनको झिनो लक्ष्य

यू-१९ एसिया कपमा नेपालले भारतलाई दियो ५३ रनको झिनो लक्ष्य

काठमाडौं : १९ वर्षमुनिको एसिया कपको आफ्नो अन्तिम खेलमा नेपालले भारतलाई ५३ रनको झिनो लक्ष्य दिएको छ।

दुबईको आईसीसी एकेडेमी ओभल २ क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल २२.१ ओभरमा अलआउट हुँदै मात्र ५२ रन बनाउ सक्यो।

भारतसामू नेपालको ब्याटिङ निरीह देखियो। नेपालका लागि कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालले ५२ रन बनाउँदा भारतले १३ रन एक्ट्रा दिएको थियो। नेपाली खेलाडीको ब्याटबाट मात्र ३९ रन बनेको हो।

भारतका लागि राज लिम्बानी एक्लैले सात विकेट लिँदा आराध्य शुक्लाले दुई र अश्रिन कुलकर्नीले एक विकेट लिए।

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। आजको खेल जिते भारतले सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्नेछ। तर, त्यसको लागि पाकिस्तान र अफगास्तिानबीचको खेलको नतिजा कुर्नुपर्नेछ।

यसअघि भएको समूह चरणको दुई खेलमा नेपाल पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको थियो।

नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत समूह एउटा समूहमा रहँदा जापान, युएई, बंगलादेश र श्रीलंका अर्को समूहमा छन्।

मंसिर २६, २०८० मंगलबार १३:३४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।