ओखलढुंगामा पहिचानवादीले जलाइदिए एमालेको गेट

ओखलढुंगामा पहिचानवादीले जलाइदिए एमालेको गेट

काठमाडौं : संकल्प यात्राका क्रममा झुलाघाट– चिवा भञ्ज्याङ्गमा रहेको एमालेले पाहुनालाई स्वागतका लागि तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन्।

संकल्प यात्रामा अवरोध नपुर्याउन एमालेले आग्रह गरेको भए पनि पहिचानवादी पक्षधरले एमालेले बनाएको स्वागतद्वार भत्काइदिएको छ।

‘हाम्रा साथीहरूले विरोधस्वरुप ओखलढुंगामा रहेको गेट भत्काइदिनुभएछ,’ नेता दिपेन्द्र रुम्दालीले भने,‘हामीले शान्तिपूर्णरुपमा विरोध गर्दैछौँ।’

२६ मंसिर, २०८०, १२:५०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।