भारतसामू नेपालको निरीह ब्याटिङ, पहिलो पावर प्लेमै ६ विकेट ढल्यो

भारतसामू नेपालको निरीह ब्याटिङ, पहिलो पावर प्लेमै ६ विकेट ढल्यो

काठमाडौं : १९ वर्षमुनिको एसिया कपको आफ्नो अन्तिम खेलमा नेपाली ब्याट्सम्यान भारतको बलिङविरुद्ध निरीह देखिएका छन्।

भारतविरुद्ध नेपालले १० ओभरसम्मको पहिलो पावर प्लेमा ६ विकेट गुमाएको छ। पहिलो पावर प्लेमै टप अर्डर र मिडिल अर्डर ब्याट्सम्यान सबै आउट भएका हुन्।

१० ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर मात्र २१ रन जोड्न सक्यो।

नेपालका लागि ओनर दीपक बोहरा १, अर्जुन कुमाल ७, कप्तान देव खनाल २, गुल्सन झा ४ तथा उत्तम मगर र दीपक डुम्रे खातै नखोली आउट भए।

भारतका लागि राज लिम्बानी एक्लैले चार विकेट लिँदा आराध्य शुक्लाले अर्को दुई विकेट लिए।

यसअघि भएको समूह चरणको दुई खेलमा नेपाल पाकिस्तान र अफगानिस्तानसँग पराजित भएको थियो।

नेपाल, पाकिस्तान, अफगानिस्तान र भारत समूह एउटा समूहमा रहँदा जापान, युएई, बंगलादेश र श्रीलंका अर्को समूहमा छन्।

अहिले सुवास भण्डारी र दिपक बोहरा क्रिजमा खेलिरहेका छन्।

मंसिर २६, २०८० मंगलबार १२:२८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।