सुनकाे मूल्य घट्दा चाँदीको स्थिर

सुनकाे मूल्य घट्दा चाँदीको स्थिर

काठमाडौं : साताको तेस्रो दिन सुनको मूल्य घट्दा चाँदीको स्थिर रहेको छ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ घट्दा चाँदीको स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख १६ हजार ३ सय रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य १ लाख १५ हजार ७५० तोकिएको छ।

उता चाँदी तोलाको १ हजार ४१० रुपैयाँमै कारोबार भएको छ।

यसै महिना मात्र सुनको मूल्यमा ६ हजार रुपैयाँसम्म बढोत्तरी आएको छ।

महिनाको सुरुमा १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य १८ गते सबैभन्दा बढी १ लाख २१ हजार ६ सय रुपैयाँ पुग्यो।

यो नै नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।

मंसिर २६, २०८० मंगलबार १२:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।