बाराकी २० वर्षीय मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

बाराकी २० वर्षीय मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा शिशु

वीरगञ्ज : बाराको कलैया उपमहानगरपालिका-१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन्।

आइतबार वीरगञ्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन्।

नवजात तिम्ल्याहा शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।

मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगञ्ज लगिएको बताए।

मंसिर २६, २०८० मंगलबार ०८:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।