एसाेसियट देशबाट आईपीएल अक्सनमा परे मात्र दुई खेलाडी

एसाेसियट देशबाट आईपीएल अक्सनमा परे मात्र दुई खेलाडी

काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४को अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सचिव जय शाहले सोमबार उक्त सूची सार्वजनिक गरेका हुन्।

१९ डिसेम्बरमा युएईको दुबईमा आईपीएलको अक्सन हुनेछ। उक्त अक्सनमा ३ सय ३३ खेलाडी सहभागी हुने बीसीसीआईले जनाएको छ।

आईपीएल अक्सनका लागि नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराए पनि कुनै नेपाल खेलाडीलाई बीसीसीआईले सर्टलिस्टमा समावेश गरेन।

३ सय ३३ खेलाडीमध्ये २ सय १४ भारतीय र १ सय १९ विदेशी खेलाडी हुन्। ३ सय ३३ खेलाडीमध्ये २ खेलाडी मात्र एसोसिएट राष्ट्रका छन्।

बीसीसीआईले नेदरल्याण्ड्सका पल भान मिकिरण र नामिबियामा डेभिड वीसीलाई मात्र अक्सनका लागि छानेको हो।

यसअघि नेपाली बलर सन्दीप लामिछाने अक्सनमा रहे पनि उनलाई कुनै क्लबले किनेका थिएनन्। सन्दीपले त्यसघिका तीन सिजन दिल्लीमा रहेर आईपीएल खेलेका थिए।

मंसिर २६, २०८० मंगलबार ०७:४१:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।