यू-१९ एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

यू-१९ एसिया कपमा नेपालले आज भारतको सामना गर्दै

काठमाडौं : युएईमा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ।

समूह चरणको दुवै खेल हारेको नेपालले अन्तिम खेलमा भारतको सामना गर्न लागेको हो।

सेमिफाइनल पुग्ने टिमहरूको टुंगो लागि नसकेकाले आजको खेल निकै महत्वपूर्ण छ। खेल विहान पाैने ११ बजे दुबईमा हुनेछ।

गणितीय हिसाबले समूहका चारै टिम सेमिफाइनल पुग्ने सम्भावना छ। तर, नेपालका लागि भारत निकै कठिन प्रतिद्वन्द्वी हो।

उसले पहिलो खेलमा अफगानिस्तानलाई हराए पनि दोस्रो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।

नेपालले भने आफ्ना सुरुआतका दुवै खेल हारेको छ। पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।

आज नै हुने अर्को खेलमा पाकिस्तानले अफगानिस्तानको सामना गर्नेछ।

पाकिस्तानले ठूलो अन्तरले अफगानिस्तानलाई हराएमा र नेपालले पनि ठूलो अन्तरले भारतलाई हराउन सके मात्र नेपाल सेमिफाइनलमा पुग्न सक्नेछ।

मंसिर २६, २०८० मंगलबार ०७:१०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।