अष्ट्रेलियाले विद्यार्थी र आप्रवासी भिसामा कडाइ गर्‍यो, नेपाली पनि प्रभावित हुने

अष्ट्रेलियाले विद्यार्थी र आप्रवासी भिसामा कडाइ गर्‍यो, नेपाली पनि प्रभावित हुने

एजेन्सी : अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थी र अदक्ष कामदार घटाउन आफ्नो भिसा नीति बदलेको छ। अब नयाँ नियम अनुसार अन्तर्राष्ट्रिय  विद्यार्थीले अङ्ग्रेजी परीक्षामा (आईएलटियस्) मा उच्चस्तर अङ्क ल्याउनुपर्नेछ। भिसा प्रक्रियामा पेस हुने कागजपत्रको अध्ययनलाई समेत कडा बनाउने निर्णय गरेको छ।

रोयटर्सका अनुसार सोमबार अष्ट्रेलिययाका गृहमन्त्री क्लियर ओ निलले सोमबार भिसा नीतिमा कडाइ गरेर आप्रवासीहरूको संख्या सामान्य अवस्थामा ल्याउने बताएका थिए। उनले अस्ट्रेलियाको भविष्यको लागि यस्तो निर्णय गरेको बताएका थिए।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनि एल्वानिस्ले गतहप्ता अस्ट्रेलियाको अध्यागमन नियममा कडाइ गरेर पूरानै अवस्थामा फकाउनु पर्ने बताएका थिए।

सन् २०२२ ,२0२३ को अध्यागमनको रेकर्ड ५ लाख १० हजारमा पुग्ने देखिएपछि भिसा नीति बदल्न लागेको हो। सन् २०२४-२५ र २०२५-२६ मा यो सङ्ख्या तीन लाख हाराहारीमा झर्ने उनीहरूको अनुमान देखियो।

करोनापछि अध्यागमनमा खुकुलो नीति लिएको थियो। कोरोनाले आर्थिक क्षेत्रमा पारेको नकारात्मक असर र कामदार अभाव पुरा गर्न उसले भिसा नीति खुकुलो बनायो।

अत्यधिक आप्रवासी कामदार र विद्यार्थी आउँदा घर भाडा र खाध्यन्नको मूल्य समेत बढ्यो। घरविहीन हुनेहरूको सङ्ख्या बढ्यो।

उसले उच्च दक्ष कामदारका हकमा पनि प्रोत्साहित गर्ने नीति लिएको छ। विशेषज्ञ भिसाको हकमा एक हप्ताभित्र प्रक्रिया सक्काउने नीति लिएको छ।

अध्ययन भिसाका लागि नेपालीमाझ अस्ट्रेलिया पनि आकर्षक मुलुक हो। सन् २०२४ मा ६० हजार हाराहारीमा नेपाली विध्यार्थीहरु अस्ट्रेलियामा अध्ययनरत रहेका छन्। २०१९ को तुलनामा अध्ययन भिसामा अस्ट्रेलिया जान चाहने नेपालीको सङ्ख्या २ सय प्रतिशतले बढेको एक तथ्याङ्कले देखाएको थियो।

मंसिर २५, २०८० सोमबार २०:०३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।