आईपीओमा १० कित्ते नीतिले प्रभाव पारेको भन्दै विकल्पको खोजी शुरू

आईपीओमा १० कित्ते नीतिले प्रभाव पारेको भन्दै विकल्पको खोजी शुरू

काठमाडौं : नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर (आईपीओ)मा हालको १० कित्ते नीति पुनरवलोकन गर्न समिति गठन गरेको छ।

बोर्ड सदस्य प्रविणकुमार झाको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो। सदस्यमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ र सहकार्यकारी निर्देशक अम्बिका गिरी छन्। स

मितिलाई समय भने तोकिएको छैन।

पछिल्ला समय १० कित्ते नीतिले गर्दा पनि सेयर बजारमा प्रभाव पारेको विश्लेषण भइरहेको बेला यसको विकल्पमा के गर्न सकिन्छ भनेर समितिले अध्ययन गरेर प्रतिवेदन पेस गर्नेछ।

हाल आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सक्ने व्यवस्था छ।

मंसिर २५, २०८० सोमबार १५:१९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।