अभियान्ता ई: ललितपुर महानगरअगाडि १०८ मिनेट उभिने

अभियान्ता ई: ललितपुर महानगरअगाडि १०८ मिनेट उभिने

काठमाडौं : ललितपुर महानगरपालिकाको बिहान-साँझ फुटपाथ व्यापार गर्न नदिने निर्णयलाई पुनर्विचार गर्न अभियान्ता ईःले अनुरोध गरेका छन्।

सपना नमार्न आग्रह गर्दै उनले सोमबार फेसबुकमा लेखेका छन्, ‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल (ललितपुर) को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ उनले अगाडि लेखेका छन्, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’

उनले मंगलबार ३ बजेदेखि ललितपुर महानगरपालिका अगाडि १०८ मिनेट उभिने बताउँदै लेखेका छन्, ‘कर लेऊ, गरी खान देऊ’,‘विस्थापन होइन, व्यवस्थापन गर ।’

मंसिर २५, २०८० सोमबार १४:०३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।