छोरासँगको रिसले आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

छोरासँगको रिसले आमाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

विराटनगर : साथीसँगको रिसइबीका उनकी आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनारमा छोरासँगको रिस फेर्न उनकी आमाको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार २५ वर्षीय गणेश चौधरीले स्थानीय ५० वर्षीया भूमि चौधरीको छुरा प्रहार गरी हत्या गरेका हुन्।

सुनसरी प्रहरीले हत्या आरोपमा गणेशलाई खनारबाट पक्राउ गरेको छ। कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ।

मृतक भूमिका २६ वर्षका छोरा र हत्या आरोपमा पक्राउ परेका गणेश साथी हुन्।

केही समयअघि भएको गाउँकै एक झगडा घटनापछि उनीहरूबीच बेमेल भएको र त्यही रिसमा हत्या गरेको खुलेको प्रहरीको भनाइ छ।

मंसिर २५, २०८० सोमबार १२:४०:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।