संकल्प यात्रा निस्केका ओलीले दोलालघाटमा माछा तारेर खुवाए

संकल्प यात्रा निस्केका ओलीले दोलालघाटमा माछा तारेर खुवाए

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले दोलालघाटमा माछा तारेका छन्।

‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’को बाह्रौं दिन काभ्रेपलाञ्चोकको दोलालघाटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माछा तारेका हुन्।

मञ्चमै राखिएको ग्यास र चुलोमा ओलीले दोलालघाटको स्थानीय माछा तारे।

त्यसपछि सम्बोधन गरेका उनले पहाडको वास्तविक अवस्था बुझ्न आफूहरूले संकल्प यात्रामा लागेको बताए।

सम्बोधनको अन्त्यमा उनले भान्सामा व्यस्त हुनु भएकाले खासै कुरा गर्न नभ्याएको भन्दै ठट्यौलीसमेत गरे।

उनले भने,  ‘...ह्वस अब यहाँहरुलाई धेरै धेरै धन्यवाद भन्दै भान्सातिर लाग्नुपर्ने भएकाले फुर्सद पनि भएन।’

मंसिर १४ गते झुलाघाटमा सुरू भएको संकल्प यात्रा अठारौं दिनमा अर्थात पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन हुनेछ।

ओलीले आफ्नो सामाजिक सञ्जालमार्फत पनि माछा खुवाएको भन्दै पाेस्ट गरेका छन्।

मंसिर २५, २०८० सोमबार ११:५१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।