घट्यो सुनचाँदीको मूल्य
काठमाडौं : साताको दोस्रो दिन सुनचाँदीको मूल्य घटेको छ।
आइतबारको तुलनामा सोमबार सुन तोलामा पाँच सय रुपैयाँ घट्दा चाँदी १५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार सोमबार छापापाल सुन तोलाको १ लाख १७ हजार रुपैयाँमा कारोबार हुनेछ। यस्तै तेजाबी सुनको मूल्य १ लाख १६ हजार ४५० रुपैयाँ कायम छ।
यस्तै, चाँदीको मूल्य सोमबार तोलाको १ हजार ४१० रुपैयाँ कायम भएको छ।
यसै महिना मात्र सुनको मूल्यमा ६ हजार रुपैयाँसम्म बढोत्तरी आएको छ।
महिनाको सुरुमा १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य १८ गते सबैभन्दा बढी १ लाख २१ हजार ६ सय रुपैयाँ पुग्यो।
यो नै नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
मंसिर २५, २०८० सोमबार १०:५९:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।