महिन्द्राको एक्सयूभी शोरुम अब धनगढीमा पनि !

महिन्द्राको एक्सयूभी शोरुम अब धनगढीमा पनि !

काठमाडौं : महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले कैलालीमा शोरुम खोलेको छ।

महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभीहरू (स्कर्पियो एन, एक्सयूभी ७०० (एक्सयूभी, सेभेन डबल ‘ओ’) र एक्सयूभी ३०० (एक्सयूभी, थ्रि डबल ‘ओ’) सार्वजनिक गरी  बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको हो।

लगालग काठमाडौंमा, इटहरी, जनकपुरधाम, चितवन लगायतका ठाउँहरूमा स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० को सफलतापूर्वक भव्य शुभारम्भ गरेपछि यो शोरुम क्षेत्रीय स्तरमा धनगढीमा पनि उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

उद्घाटन कार्यव्रmममा अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले धनगढी र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती मूल्यमा गुणस्तरीय सेवामा पहुँच पुर्याउन शोरुम स्थापना गरिएको बताए।

महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने उनको विश्वास छ।

मंसिर २५, २०८० सोमबार ०८:३१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।