यी चार प्रदेशमा राति हिमपातको सम्भावना

यी चार प्रदेशमा राति हिमपातको सम्भावना

काठमाडौं : देशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। 

राति पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

महाशाखाले तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्नसतर्कता अपनाउन सुझाव दिएको छ।

मंसिर २५, २०८० सोमबार ०७:२३:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।