ग्लोबल आइएमइले एकै दिन खोल्यो चार शाखा
काठमाडौँ : ग्लोबल आइएमई बैंकले काठमाडौँको बुढानीलकण्ठ, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुर र तनहुँको आँबुखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकका अनुसार ती शाखाहरूमा आइतबारदेखि नै सम्पूर्ण बैङ्किङ सेवा सुरु भएको छ। ग्लोबल आइएमई बैङ्क मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो ।
बैंकका ३५५ शाखा, ३७६ एटिएम, २७४ शाखारहित बैङ्किङ सेवा, ६५ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय छन् ।
बैंकले अमेरिका,बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत मुलुकबाट रेमिट्यान्स सेवा समेत दिँदै आएको छ ।
मंसिर २४, २०८० आइतबार २१:५९:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।