एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित, अर्जुनको ९१ रनले पनि जितेन टिम

एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित, अर्जुनको ९१ रनले पनि जितेन टिम

काठमाडौँ : नेपाल यु–१९ एसिया कपमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ। २ सय ६२ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको नेपालका खेलाडी ४०.१ ओभरमै अलआउट भएका थिए।

एसिया कपमा नेपाल दोस्रो पटक पराजित भएको हो। शुक्रवार भएको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाएका थिए। कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन बनाएका थिए।

अफगानिस्तानका लागि अस्मिद जर्दानले शतकीय पारी खेलेका थिए। नुमान शाह आगाले ६० रन जोडेका थिए। नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले दुई/दुई विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एक/एक विकेट लिएका थिए।

मंसिर २४, २०८० आइतबार १९:१८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।