२६ वर्षपछि प्रकाशित भयो, कांग्रेसको मुखपत्र ‘नेपाल पुकार’

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको मुखपत्र नेपाल पुकार पुन: प्रकाशन सुरु गरेको छ।
पार्टी मुख्यालय सानेपामा कार्यक्रम गर्दै त्रैमासिक रुपमा प्रकाशित गर्ने गरी आइतबार नयाँ अंक सार्वजनिक गरिएको हो। नेपाली कांग्रेस स्थापनाअघि कांग्रेसका दुई धार नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘युगवाणी’ र ‘नेपाल पुकार’ छुट्टाछुट्टै प्रकाशित गर्दै आएका थिए।
दुई पार्टीको एकीकरण (२००६ सालमा) मा भएपछि एउटै पत्रिका पार्टीको मुखपत्र बनाउने गरी नेपाल पुकारको प्रकाशन गरिएको थियो। युगवाणीको प्रकाशन भने पार्टी एकीकरणपछि रोकियो।
साढे पाँच दशक भन्दा बढी मुखपत्रका रुपमा प्रकाशित नेपाल पुकारलाई कांग्रेसले २०५४ सालदेखि बन्द गरेको थियो।
मंसिर २४, २०८० आइतबार १७:४५:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।