अमरेशलाई दीपशिखाले भने- ‘आरोप पुष्टि नभए तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई?’

अमरेशलाई दीपशिखाले भने- ‘आरोप पुष्टि नभए तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई?’

काठमाडौं : माओवादीको युवा सङ्गठन वाइसिएलका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गंगा दाहालबारे लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेशकुमार सिंहलाई चुनौती दिएका छन्।

सिंहले आइतबार सामाजिक सञ्जाल फेसबुकमा गंगाले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छन् त्यो सबै प्रमाण आफूसँग रहेको बताएका थिए। जुन आरोप अहिले सामाजिक सञ्जालमा भाइरल छ।

समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जाने उल्लेख गरेका थिए। सिंहको स्टाटस्पछि आक्रोशित भएका दीपशिखाले प्रमाण पेस गर्न चुनौती दिएका हुन्। दीपशिखाले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘माननीयज्यू प्रमाणसहित हप्ता दिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नाङ्गै पारेर दौडाउन पाई कि नपाई ?’

मंसिर २४, २०८० आइतबार १७:२२:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।