तिर्थ कुमारीको ‘म त खाँदिन कुवाको पानी’ ५० वर्षपछि नयाँ भर्सनमा
काठमाडौं : वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापाले ५० वर्ष अघि गाएको कालजयी अनि सदाबहार नेपाली लोकगीत ‘म त खाँदिन कुवाको पानी...’ नयाँ भर्सनमा आएको छ।
तिर्थ कुमारीले शुक्रबार युटुव च्यानलमार्फत ५० वर्ष अघि रेडियो नेपालमा रेकर्ड भएर नेपाली श्रोताहरु माझ लोकप्रिय बनेको गीत उनले रि–रेकर्ड गरेर पुन: स्रोतामाझ ल्याएकी हुन्।
गीतलाई गायिका तीर्थ कुमारीकै छोरा तथा संगीतकर्मी सुरज कुमार थापाले पुनः संगीत–संयोजन गरेका छन्।
वरिष्ठ लोक गीत संकलक बरुण जंग राणाले संकलित गरेको गीतलाई पुरानै गीत, संगीत, शब्द र भावलाई उही रुपमा राखेर केही थप वाध्ययन्त्रहरुको नयाँ संयोजनमा नयाँ रिमेक भर्सनमा गीत रेकर्ड गरिएको छ ।
रेडियो नेपालको स्टुडियोमा पुरानै ढाँचाले श्रव्य दृश्यको छायाँकन गरिएको संगीतकार खड्काले बताए।
गीतको भिडियोमा ‘कार्या प्रोडक्सन’ टिमको तर्फबाट निश्चल श्रेष्ठको छायांकन, महेश्वर श्रेष्ठको फोटोग्राफी निर्देशन, विकास खड्गीको रंग समिश्रण, निरू बस्नेतको श्रंगार तथा विजु कर्माचार्यको सम्पादन र निर्देशन रहेको छ।
यो गीतको भिडियोलाई सुरज थापाको युटुब च्यानलमार्फत हेर्न सकिनेछ।
https://www.youtube.com/watch?v=j77GutuOZSM
मंसिर २४, २०८० आइतबार १४:४०:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।