गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए।

श्रेष्ठको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिए।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

श्रेष्ठले उपचारमा संलग्न डा. अरुण मास्के सहितको चिकित्सक टोली, नर्सहरु र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

त्यस्तै, श्रेष्ठले उपचारका क्रममा अस्पताल पुगी स्वास्थ्य लाभको कामना गर्नुहुने प्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, पुर्व राष्ट्रपति विध्यादेवी भण्डारी, मन्त्रीहरू लगायलाई समेत आभार प्रकट गरेका छन्।

मंसिर २४, २०८० आइतबार १४:२२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।