क्यामेरा च्याम्पियन भन्दै रियलमीले ल्यायो सी५३ को  नयाँ भेरियन्ट, कति पर्छ मूल्य?

क्यामेरा च्याम्पियन भन्दै रियलमीले ल्यायो सी५३ को  नयाँ भेरियन्ट, कति पर्छ मूल्य?

काठमाडौं : स्मार्टफोन ब्रान्ड रियलमीको ‘रियलमी सी५३’ ६+१२८ जीबी भेरिएन्ट बजारमा उपलब्ध भएको छ।

आफ्ना ग्राहकहरूलाई नयाँ-नयाँ प्रविधि प्रदान गर्ने प्रतिबद्धता अनुरूप ‘सी५३’को ६+१२८ जीबी भेरिएन्ट बजारमा ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीले यसअघि ४/१२८ जीबी भेरियन्टको ‘रियलमी सी५३’को सफलताको आधारमा नयाँ ६/ १२८ जीबी भेरियन्ट ल्याइएको कम्पनीले जनाएको छ।

१०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा सहितको रियलमी सी५३ ले फोटोग्राफिको प्रशस्तै डाइमेन्सनहरू एक्स्प्लोर गर्ने अवसर प्रदान गर्ने कम्पनीको दाबी छ।

यस सेगमेन्टकै पहिलो १०८ मेगापिक्सेल क्यामेरा र सबैभन्दा ठूलो क्यामरा सेन्सरले उत्कृष्ट कलर, व्यालेन्सड हाइलाइट र स्याडोज तथा डिप टेक्सचर शटहरू दिनेछ।

१८ वाट क्विक चार्जको सुविधा भएको मोबाइलमा ५००० एमएएचको ब्याट्री छ।

रियलमी सी५३ मा १२ जिबीसम्मको डायनामिक र्यामको साथ सिमलेस मल्टिटास्किङ र एप ह्यान्डलिङ गर्न सहज हुने कम्पनीको दाबी छ।

६.७४ इन्च ९० हर्जको डिस्प्ले र ठूलो स्क्रिन साइज भएको फोनमा भएको अक्टा-कोर चिपसेटले उत्कृष्ट पर्फरमेन्स दिनेछ।

रियलमी सी५३ आकर्षक च्याम्पियन गोल्ड कलरमा १८ हजार ९९९ रुपैयाँमा उपलब्ध छ।

मंसिर २४, २०८० आइतबार १४:१०:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।