सन्दीप लामिछानेको मुद्दाको पेशी न्यायाधीश पाण्डेयको इजलासमा

सन्दीप लामिछानेको मुद्दाको पेशी न्यायाधीश पाण्डेयको इजलासमा

काठमाडौं : नाबालिकामाथि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाईका लागि आज जिल्ला अदालत काठमाडौंमा पेशी तोकिएको छ।

जिल्ला अदालतले न्यायाधीश पदमराज पाण्डेको इजलासमा पेशी तोकेको हो।

पहिलो प्राथमिकतामा राखिएको उक्त मुद्दा गत २३ कार्तिकमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दुवै पक्षलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो।

बहस नोट पेश भइसकेपछि मुद्दा सुनुवाईका लागि फेरि पेशी तोकिएको हो। बन्द इजलासमा सुनुवाई गर्ने जिल्ला अदालतले यसपाली अन्तिम सुनुवाई गर्ने अपेक्षा गरिएको छ।

करिव डेढ वर्षअघि क्रिकेटर सन्दीप लामिछानेमाथि बालिका बलात्कारको आरोप लागेको थियो। जिल्ला अदालतको आदेशबाट थुनामा परेका उनी उच्च अदालतको आदेशबाट धरौटीमा छुटेका थिए।

मंसिर २४, २०८० आइतबार १२:५३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।