लोसपाको केन्द्रीय समिति बैठकलाई राजेन्द्र महतोले बहिष्कार गर्ने

लोसपाको केन्द्रीय समिति बैठकलाई राजेन्द्र महतोले बहिष्कार गर्ने

काठमाडौं : आइतबार बिहान बस्ने भनिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय समितिको बैठकलाई राजेन्द्र महतोले बहिष्कार गर्ने भएका छन्।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्न लागेको बैठक बिहान १२ बजेबाट सुरू हुने भनिएको बैठक केन्द्रीय समिति बैठकले गरेको सदस्यहरूको मनोनीतको विषयलाई लिएर वरिष्ठ नेता महतोले बहिष्कार गरेका हुन्।

महन्थ ठाकुर पक्षले तराई–मधेसमा क्रियाशीलहरूलाई नेताहरूलाई छुटाएर आफूखुसी केन्द्रीय समिति विस्तार गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।

अध्यक्ष महन्थ ठाकुरलाई आफूले निर्णय सच्याउन भनेको र नसच्याइसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने महतोले बताएका छन्।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने महासचिव केशवकुमार झाले जानकारी दिए। ‘बैठक बिहान ११ बजे नै बोलाइएको हो। तर सदस्यहरू नआइपुगेकाले एक घन्टाजति धकेलिएको छ,’ उनले भने।

मंसिर २४, २०८० आइतबार १२:३०:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।