चित्लाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चित्लाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं : मकवानपुरको चित्लाङमा बसको ठक्करबाट माेटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको बा ४ ख ८७७३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प ४१७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

बसको ठक्करबाट मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका-१० बस्ने ३० वर्षीय मनोज गमाल र पछाडी सवार सोही ठाउँका ४८ वर्षीय घाइते भएका थिए।

उपचारकाे लागि काठमाडौंको मनमोहन अस्पताल लगिएकोमा साँझ मोटरसाइकल चालक मनोज गमालको मृत्यु भएको हो।

उनको शव सोही अस्पतालमा राखिएको प्रदेश प्रहरी कार्यायलये जनाएको छ

मंसिर २४, २०८० आइतबार १२:०२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।