एपोल्लो इन्फ्राटेकको आधिकारिक बिक्रेतामा प्राइम एसोसियट नियुक्त

एपोल्लो इन्फ्राटेकको आधिकारिक बिक्रेतामा प्राइम एसोसियट नियुक्त

काठमाडौं : प्राइम एसोसियट प्रालि एपोल्लो इन्फ्राटेक ग्रुपको लागि आधिकारिक बिक्रेतामा नियुक्त भएको छ।

प्रालिले विज्ञप्ति जारी गर्दै इटाली, भारत, अमेरिका, जर्मनी र युकेका प्रविधि प्रयोग गरि उत्पादन गरिएका निर्माण सम्बन्धि उपकरण र पार्टपुर्जाहरू प्राइम एसोसियटले आधिकारिक बिक्री वितरण गर्ने जानकारी दिएको हो।

एपोल्लो इन्फ्राटेक ग्रुपले ४० वर्षदेखि सडक निर्माण सामग्रीको क्षेत्रमा रहेको एपोल्लो गुजरातले नेपाल, भुटान, बंगलादेश, श्रीलंका तथा अफ्रिकामा बिक्री वितरण गर्दै आएको छ।

‘गुणस्तरीय निर्माणमा हाम्रो अनिवार्य सहभागिता’ भन्ने लक्ष्यका साथ अघि बढेको एपोल्लो ग्रुपका उत्पादनहरू अपोलो कार मिक्स, कन्क्रिट ब्याचिङ प्लान्ट, ब्लट टायल, अल्फल्ट ड्रम मिक्स, कङ्क्रिट पाइप लगायतका उत्पादनहरू छन्, जुन पुल, सडक, हाइड्रोपावर, होटल लगायतका निर्माणमा उपयोग हुन्छन्’, विज्ञप्तिमा भनिएको छ।

कम्पनीले बिक्री वितरण गर्ने साम्रगीमा एक वर्षको वारेन्टीको व्यवस्थासमेत मिलाइएको छ।

मंसिर २४, २०८० आइतबार ११:४४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।