तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं : साताको पहिलो दिन सुनचाँदीको मूल्य घटेको छ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १३ सय रुपैयाँ घट्दा चाँदीमा ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य आइतबार १ हजार ४२५ रुपैयाँ तोकिएको छ।
यसै महिना मात्र सुनको मूल्यमा ६ हजार रुपैयाँसम्म बढोत्तरी आएको छ।
महिनाको सुरुमा १ लाख १५ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य १८ गते सबैभन्दा बढी १ लाख २१ हजार ६ सय रुपैयाँ पुग्यो।
यो नै नेपालमा अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो।
मंसिर २४, २०८० आइतबार १०:५१:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।