एनसेल ओपन गल्फको उपाधि बाबु शेर्पालाई

एनसेल ओपन गल्फको उपाधि बाबु शेर्पालाई

काठमाडौं : ‘एनसेल ओपन गल्फ’को उपाधि बाबु शेर्पाले जितेको छन्।

शनिबार गोकर्णमा ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिता १२ ह्यान्डीक्यापमा खेलेका शेर्पाले ४२ अंक जोड्दै विजयी भएका हुन्।

शेर्पाले ट्रफी र सामसङ ग्यालेक्सी जेड फोल्ड फाइभ जित्न सफल भए।

४१ प्वाइन्टसहित बराबरमा रहेका प्रदिप केसी र स्वदेश गुरुङबीच ब्याक नाइनमा २३ अंक जोड्दै केसी रनरअप भए। केसीले पुरस्कार स्वरुप ट्रफी र फ्लाइ दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरे।

३९ ग्रस अंक जोड्दै बेस्ट ग्रसको उपाधि शदभाव आचार्यले जित्न सफल भए। आचार्यले लङ्गेस्ट ड्राइभको पुरस्कार पनि जित्न सफल भए। उनले ट्रफसँगै सामसङको ग्याल्याक्सी जेड फ्ल्पि फोन पाए।

त्यस्तै ३८ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा तारा कार्की चित्रकार विजयी हुँदै ट्रफीसँगै फ्लाई दुबईको तर्फबाट दुबईको टिकट प्राप्त गरिन्।

गिता गुरुङ ३२ प्वाइन्ट बनाउँदै महिला तर्फको खेलमा रनरअप हुँदा ३७ प्वाइन्टको साथ रविन्द्र पुरुष ढकाल सिनियर्स तर्फबाट (६० वर्ष भन्दा माथि) विजयी भए।

त्यस्तै होलको आठ इन्च नजिक बल प्रहार गरेर क्लोजेस्ट टू द पीनको उपाधि ज्ञान बाहादुर धेन्गाले जिते भने नोर्बु शेर्पाले ६ बर्डिज्का साथ मोस्ट बर्डिजको उपाधि जित्न सफल भए।

प्रतियोगिता ३÷४ ह्यान्ड्याप स्टेबलफोर्ड ढाँचामा खेलिएको थियो।

मंसिर २४, २०८० आइतबार ०८:५६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।