प्रिमियर लिगमा शीर्ष स्थानमा उक्लियो लिभरपुल, बर्नमाउथसँग युनाइटेड ३-० ले स्तब्ध
काठमाडौं : प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि २-१ को जित निकाल्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा पुगेको छ।
प्यालेसको सुरुवाती अग्रतालाई पछि पार्दै लिभरपुल तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफ रोमाञ्चक बन्यो। खेलको ५७औं मिनेटमा क्रिस्टल प्यालेसका जिन फिलिप माटेटाले गोल गर्दै प्यालेसलाई अग्रता दिलाए।
त्यसपछि ७५औं मिनेटमा जोर्डन आयु दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि प्यालेस १० खेलाडीमा सीमिति भयो।
ल्यसलगत्तै लिभरपुल खेलमा हावी भयो। ७६औं मिनेटमा लिभरपुलका मोहम्मद सलाहले गोल गरे भने इन्जुरी समयमा हाभेरी इलेवटले गोल गर्दै लिभरपुललाई सहज जित दिलाए।
तनावपूर्ण बनेको दोस्रो हाफमा पहेँलो कार्डको बर्साद भयो।
यस्तै हिजै भएको उल्भ्स र नोटम फरेस्टबीचको खेल १-१ को बराबरी रोकिँदा, ब्रिङ्टन र बर्निलीबीच पनि १-१ गोलको बराबरी भयो। त्यसैगरी ब्रेनफोर्डमाथि सेफल्ड युनाइटेडले १-० को जित निकाल्दा बर्नमाउथले म्यान्चेस्टर युनाइटेडलाई ३-० ले पछि पार्यो।
खेलको पाँचौं मिनेटमै बर्नमाउथले गोल गरेपछि दवावमा रहेको युनाइटेड त्यसपछि खेलमा फर्कन सकेन। खेलको ६८औं मिनेट र ७३औं मिनेटमा क्रमशः फिलिप बिलिङ र मार्कस सेन्सीले गोल गरेपछि युनाइटेड स्तब्ध बन्यो।
योसँगै लिभर १६ खेलमा ३७ अंकसहित पहिलो स्थानमा रहँदा म्यान्चेस्टर युनाइटेड समान १६ खेलमा २७ अंहसहित छैटौं स्थानमा छ। उता क्रिस्टल प्यालेस भने १६ अंकका साथ १६औं स्थानमा छ।
मंसिर २४, २०८० आइतबार ०८:४६:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।