यू-१९ एसिया कपमा अफगानिस्तानसँग खेल्दै नेपाल, सेमिफानलको सम्भावना कायमै राख्न जित्नैपर्ने दवाव

यू-१९ एसिया कपमा अफगानिस्तानसँग खेल्दै नेपाल, सेमिफानलको सम्भावना कायमै राख्न जित्नैपर्ने दवाव

काठमाडौं : युएईमा जारी १९ वर्षमुनिको एसिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ।

खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेबाट दुबईमा रहेको आईसीसी एकेडेमी ओभल–२ मैदानमा सुरू हुनेछ।

नेपाल अफगानिस्तानलाई हराउँदै सेमिफाइनल पुग्ने सम्भावना कायमै राख्न चाहन्छ।

आजको खेलमा यदि पराजित भएमा नेपालको सेमिफाइनल पुग्ने सम्भावना शून्यप्राय हुनेछ।

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो। उता अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै हारेको थियो।

दुवै टोली आजको खेल जित्न चाहन्छन्। सेमिफाइनल पुग्नका लागि दुवै टोलीले आजको खेल जित्नैपर्ने दवाव छ।

नेपालले अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ। समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र अफगानिस्तान छन् भने समूह ‘बी’ मा युएई, जापान, बंगलादेश र श्रीलंका छन्।

आजको अर्को खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

मंसिर २४, २०८० आइतबार ०७:३९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।