इजरायली सेनाद्वारा लेबनानमा बमबारी

इजरायली सेनाद्वारा लेबनानमा बमबारी

एजेन्सी : इजरायली सेनाले लेबनानमा बमबारी गरेको छ।

लेबनानमा रहेको इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका केन्द्रहरूमा सेनाले हवाइ आक्रमण गरेको इजरायली डिफेन्स फोर्स(आईडीएफ)ले जनाएको छ।

उसका अनुसार जवाफमा लेबनानको तर्फबाट इजराइलमा कयौं क्षेप्यास्त्र प्रहार गरिएको थियो। क्षेप्यास्त्र प्रहार भएका ठाउँहरूलाई केन्द्रीत गरेर हवाइ आक्रमण गरिएको आईडीएफले आफ्नो प्रेस व्रिफिङमा दाबी गरेको छ।

दुई महिनाअघि गाजामा युद्ध सुरू भएपछि हिजबुल्लाहले दक्षिणी लेबनानबाट इजरायली लक्ष्यहरूमा आक्रमण गर्दै आएको छ।

तर, हिजबुल्लाह र इजरायलबीचको आक्रमण पछिल्ला दिनमा घटेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले बताएका छन्।

अर्कोतर्फ, दक्षिणी गाजाको खान युनुसमा इजरायली ट्याङ्कहरू खान युनुसको केन्द्रीय इलाकातर्फ बिस्तारै अघि बढिरहेका छन्।

खान युनुसको अधिकांश जनसंख्या तटीय क्षेत्र वा रफाह सीमातर्फ मागेका छन्।

त्यसअघि शनिबार बिहान मात्र इजरायलको सेनाले गाजामा दुई महिनाको आफ्नो सैन्य अभियानको दौरान सबैभन्दा कठिन लडाइँको सामना गरिरहेको बताएको छ।

उसले शुक्रबार राति एक बन्धकलाई मुक्त गर्न खोज्दा आफ्ना दुई सैनिक गम्भीर घाइते भएको जनाएको छ। यद्यपि ती बन्धक भने मुक्त हुन सकेनन्।

मंसिर २३, २०८० शनिबार १३:४५:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।