दुबईबाट चन्द्र घलेले ल्याएको सुन २४ क्यारेटको भएको पुष्टि

दुबईबाट चन्द्र घलेले ल्याएको सुन २४ क्यारेटको भएको पुष्टि

काठमाण्डौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ।

भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको पुष्टि भएको हो।

परिक्षणपछि सुन विमानस्थल भन्सार कार्यालयमा फिर्ता गरिएको विभागले जनाएको छ। बिहीवार राति फ्लाई दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो।

सुन बरामद भएको विषयमा छानबिन गर्न भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ ।

मंसिर २३, २०८० शनिबार १३:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।