एनसेल प्रकरणमा राजनीतिज्ञहरूको संलग्नता रहेको शेखर कोइरालाको आरोप

एनसेल प्रकरणमा राजनीतिज्ञहरूको संलग्नता रहेको शेखर कोइरालाको आरोप

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एनसेल प्रकरणमा राजनीतिज्ञहरुको संलग्नता रहेको आरोप लगाएका छन्।

उनले चितवन काठमाडौं प्रजातान्त्रिक संगमको १२औं अधिवेशनलाई सम्बोधन गर्दै डा. कोइरालाले यस्तो दाबी गरेका हुन्।

‘भ्रष्टाचारको कुरा गर्दा जहाँ कुरा गर्नुस् जुनै भ्रष्टाचार नेताहरुसँगै जोडिएको छ’, उनले भने, ‘जतिसुकै जसले जे भने पनि राजनीतिज्ञ, कर्मचारी र व्यापारीहरू नमिली यस्तो भ्रष्टाचार हुनै सक्दैन। एनसेलको प्रकरण पनि त्यही हो।’

मंसिर २३, २०८० शनिबार १२:४७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।