सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अस्पतालमा कोरोना संक्रमितको चाप बढ्यो, सतर्कता अपनाउनुस्’

सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो, ‘अस्पतालमा कोरोना संक्रमितको चाप बढ्यो, सतर्कता अपनाउनुस्’

एजेन्सी : सिंगापुरमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमित र अस्पतालमा भर्ना हुने बिरामीको संख्या लगातार बढिरहेको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार सतर्कता अपनाउन आग्रह गर्दै यस्तो जानकारी दिएको हो।

बढ्दो संक्रमणका कारण देशका अस्पतालमा चाप भएको बताउँदै त्यहाँको स्वास्थ्य मन्त्रायले धेरै आत्तिनुपर्ने अवस्था भने नभएको जनाएको छ।

त्यहाँ डिसेम्बर २ सम्म ३२ जनाभन्दा बढीमा कोभिड-१९ को संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मार्चसम्म २८ हजारभन्दा बढी संक्रमित भएका छन्।

शुक्रबार सार्वजनिक हुने दैनिक तथ्याङ्कअनुसार यो साता १ सय ३६ जनाबाट बढेर २ सय २५ पुगेको छ। तथ्याङ्कअनुसार नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म कोभिड-१९ का नौ गम्भीर घटनाहरू सार्वजनिक भएका छन्।

यी सबै बिरामीलाई आईसीयूमा भर्ना गरिएको छ। यहाँ मार्चमा ५३ र अप्रिलमा ५४ जनाको मृत्यु भएको थियो।

मन्त्रालयले नागरिकलाई उनीहरूको कोभिड-१९ को खोपको बारेमा अपडेट रहन पनि आग्रह गरेको छ।

मंसिर २३, २०८० शनिबार १२:०५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।