ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, दुई जना घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, दुई जना घाइते

विराटनगर : मोरङको सुन्दर हरैँचा नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार अन्य दुईजना घाइते भएका छन्।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का २५ वर्षीय भुपाल मगर, पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगर र २८ वर्षीय बिक्रम माझी घाइते भएका थिए।

उनीहरूलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। उपचारकै क्रममा बिक्रम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

मंसिर २३, २०८० शनिबार १०:५८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।