पाँचौं कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

पाँचौं कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा उठ्ने पुटिनको घोषणा

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौं कार्यकालका लागि राष्ट्रपतिको निर्वाचन लड्ने भएका छन्।

शुक्रबार राष्ट्रपति पुटिनले यस्तो घोषणा गरेको रुसको आधिकारिक समाचार एजेन्सी टासले जनाएको छ।

पुटिन वर्तमान राष्ट्रपति कार्यकाल अर्को वर्ष मे ७ मा सकिँदैछ। रूसको अर्को राष्ट्रपति चुनाव १७ यो मार्च २०२४ मा हुन गइरहेको छ।

सन् २०२१ मा संविधान संशोधन गर्दै पुटिनलाई थप दुई कार्यकाल अर्थात २०३६ सम्म चुनाव लड्न अनुमति दिइएको थियो।

यो संशाेधनपछि उनी जोसेफ स्टालिनपछि सबैभन्दा लामो कार्यकालका राष्ट्रपति बन्ने नेता पनि बन्नेछन्।

एक कार्यक्रममा पुटिनले भने, ‘विभिन्न समयमा मेरो फरक-फरक धारणा रहेको कुरा म लुकाउँदिन। तर अब निर्णय गर्ने बेला भएको छ। यो समय सही हो, अब मैले निर्णय लिनुपर्छ। म रुसी संघको राष्ट्रपति पदका लागि चुनाव लड्नेछु।’

उनको यो घोषणासँगै सत्तामा दशकौँ पुरानो उनको पकडलाई सन् २०३० को दशकसम्म बढाउने अनुमति प्राप्त हुनेछ।

७१ वर्षीय पुटिनले यो शताब्दीको शुरुदेखि नै रुसको नेतृत्व गरेका छन्। 

उनले अहिलेसम्म चार राष्ट्रपतीय निर्वाचन जितेका छन् र करिब प्रतिपक्षी नै अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीसमेत बनेका छन्।

मंसिर २३, २०८० शनिबार ०८:१०:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।