इजरायली क्याबिनेट मन्त्रीका छोरा उत्तरी गाजामा मारिए

इजरायली क्याबिनेट मन्त्रीका छोरा उत्तरी गाजामा मारिए

एजेन्सी : इजरायलका पूर्व सैन्य प्रमुख गल आइसेनकोटका छोराको गाजामा ग्राउन्ड अपरेशनका क्रममा मृत्यु भएको छ।

गल आइसेनकोट अहिले इजरायलको मन्त्रिपरिषद्का सदस्य हुन्।

इजरायली सेनाका अनुसार २५ वर्षीय मेजर गलको बिहीबार उत्तरी गाजामा मृत्यु भएको हो।

सुरुङमा विस्फोट हुँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो।

मेजर गलको शुक्रबार इजरायली सहर हर्जलियामा अन्त्येष्टि गरिएको छ।

समारोहमा इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु र नेसनल युनिटी पार्टीका नेताहरु बेनी गान्ट्ज बाहेक अन्य धेरै व्यक्तिहरू सहभागी थिए।

मंसिर २३, २०८० शनिबार ०७:४९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।