सभामुख घिमिरे भन्छन् : ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुन्छ’

सभामुख घिमिरे भन्छन् : ‘संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुन्छ’

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनमा पारित हुने विश्वास व्यक्त गरेका छन्। ]

शुक्रबार काठमाडौँमा आयोजित १५ औँ मानव अधिकार राष्ट्रिय महाभेलाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले त्यसलाई टुंग्याउने गरी छलफललाई अघि बढाएकाले संसद्को आगामी अधिवेशनबाट पारित हुने बताएका हुन्।

सभामुख घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐनहरु निर्माणका लागि आफूले असहमत राजनीतिक शक्ति, नेतृत्व र पक्षसँगको छलफललाई अघि बढाएको र त्यसलाई टुंगो लगाउने विषयमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको दाबी समेत गरे।

मंसिर २२, २०८० शुक्रबार १६:३३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।