एनसेल प्रकरणबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गरिने

एनसेल प्रकरणबारे प्रधानमन्त्रीलाई बोलाएर छलफल गरिने

काठमाडौं : प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने भएको छ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले चौतर्फी विवादको विषय बनेको एनसेल प्रकरणमा प्रधानमन्त्री प्रचण्डलाई समितिको बैठकमै बोलाएर छलफल गर्ने निर्णय गरेको हो।

समितिका सभापति रामहरि खतिवडाको अनुसार उक्त बैठकमा संवैधानिक परिषद् सम्बन्धी विधेयकबारे पनि प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय भएको छ।

मंसिर २२, २०८० शुक्रबार १५:४४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।