राप्रपासँगको एकताको सम्भावना छैन, २०८४ अगाडि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा

राप्रपासँगको एकताको सम्भावना छैन, २०८४ अगाडि नै राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २०८४ साल अगाडि नै नेपालमा राजसंस्था स्थापना हुने दाबी गरेका छन्।

रफत सञ्चार क्लबले शुक्रबार भक्तपुरमा आयोजना गरेको सञ्चार-संवाद कार्यक्रममा अध्यक्ष थापाले अब स्थापना हुने राजतन्त्र निरंकुश नभई सर्वधर्म, समभावसहित माओवादीदेखि सनातनी हुने दाबी समेत गरे।

अहिलेको लूटतन्त्र, सर्वसत्तावादी र छाडातन्त्र अन्त्य हुने र अब स्थापना हुने राजसंस्था जनताले चुनेको संसदअन्तर्गत रहने हुनाले राष्ट्रको अभिभावकको रूपमा रहेर राष्ट्र प्रमुखको विवाद सदाका लागि समाप्त हुने उनले बताए।

उनले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपासँग तत्काल एकताको कुनै सम्भावना नरहेको भन्दै थापाले राष्ट्रमा राजसंस्था, हिन्दुराज्य स्थापना गर्ने आन्दोलनप्रति आफू र आफ्नो पार्टीको स्वाभाविक नैतिक समर्थन रहने उल्लेख गर्दै दुर्गा प्रसाईंको आन्दोलनमा स्वतः समर्थन रहेको प्रस्ट पारे।

मंसिर २२, २०८० शुक्रबार १५:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।